जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि डुङ्गेश्वरलाई

दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिका सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले प्राप्त गरेको छ । डुङ्गेश्वरले ८ स्वर्ण, ८ रजत र ७ कांस्य पदक सहित जिल्ला प्रथम भएको छ ।

पहिलो उपाधि पाउन सफल भएको विद्यालयलाई गाउँपालिकाका अध्यक्ष सुन्दर के.सी., उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत प्रेम डिसीले खेल क्षेत्रमा पालिकाले गरेको प्रगतिको प्रशंसा गर्दै खेल सफल पार्न खटिने सम्पूर्ण शिक्षक विद्यार्थीलाई बधाई दिएका छन् ।

राष्ट्रपति रनिङ शिल्डमा दोस्रो स्थानमा नारायण नगरपालिका आएको छ । पालिकाले ६ स्वर्ण ५ रजत १० कांस्य प्राप्त गरेको छ । तेस्रो स्थानमा नौमूले गाउँपालिका आएको छ । पालिकाले ५ स्वण ४ रजत र २ कांस्य पदक प्राप्त गरेका छन् । आयोजक पालिका सान्त्वना भएको छ । ठाँटीकाध गाउँपालिकाले ४ स्वर्ण र ४ कास्यपदक जित्न सफल भएको छ ।

जिल्लाभरका १० पालिकाका विद्यार्थीहरू रनिङ सिल्डका लागि ठाटिकाँध पुगेका थिए, प्रतिकुल मौसम स्थान अभावका कारण कतिपय विद्यार्थीहरूलाई खान र बस्नको निकै समस्या भएको गुनासो विद्यार्थीहरूले गरेका छन् । ठाँटीकाधका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र बहादुर थापाले पालिकाले सकेजत्ती प्रभावकारी व्यवस्थापन गरेको बताएका छन् ।

पालिकाको ३२ लाख बढी रकम खर्च

रनिङ शिल्डमा लागि पालिकाले ३२ लाखको प्रस्ताव पेस गरेको ठाँटीकाधका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र बहादुर थापाले जानकारी दिएका छन् । अतिथि व्यवस्थापन, खानपिन, ट्रफि, प्रमाणपत्र, स्थानीय यातायात ठाँटीकाँधबाट बिजारे आउन जानका लागि रकम धेरै लागेको र अनुमान गरेको ३२ लाख भन्दा पनि बढी खर्च हुनसक्ने थापाको भनाई   छ । पालिकाका अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा समेत सहयोग पुगेको र एक साताभित्र सबै खर्चको जानकारी गराउने थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार